असार १४ , रूपन्देही
सवारी चालक अनुमतिपत्र बुटवल कार्यालय ले करिब २ महिना को समय पछि पुन नियमित रूपमा सेवा सुरू गरेको छ । सेवाग्राहीको अत्याधिक चाप हुने उक्त कार्यालयमा लामो समय देखि कार्यालय प्रमुख नहुदा जनताले निकै सास्ती पाईरहेका थिए । लामो समय देखिको अन्योलता र बेथितिका बिच लुम्बिनी प्रदेश सरकार उधोग, पर्यटन तथा यातायात मन्त्रालय ले सवारी चालक अनुमतिपत्र बुटवल का अधिकृत सातौ स्तरका कर्मचारि आलोक कुमार ओझालाई उक्त्त कार्यालयको निमित्त कार्यालय प्रमुख तोकेको छ । मन्त्रालयको मिति २०८० /०३/०५ को निर्णयले ओझालाई अर्को व्यवस्था नहुन्जेलसम्म को लागि निमित्त का.प्र. को रूपमा खटाउने निर्णय गरेको थियो ।
विभिन्न राजनीतिक तथा व्यैक्तिक खिचातानी को प्रभावले बुटवल लाईसेन्स कार्यालय मा कार्यालय प्रमुखहरू ले एक आर्थिक बर्षको कार्यकाल पनि पूरा गर्न नपाई बिदा हुने प्रणाली नै बसेको छ। त्यसले कार्यालय को नियमित काम कारबाही मा पारेको असर यो २ महिना को अबधिमा जनताले प्रत्यक्ष अनुभुती गरेका छन । कार्यालय परिसरमा भेटिएका गुल्मि बाट आएका एक सेवाग्राहीले भने “फर्म भरेर फोटो खिचेको १ महिना भन्दा बढि भैसक्यो बल्ल ट्रायल को मिति आएको छ, म विदेश जानू पर्ने मान्छे धेरै ढिलो भैसक्यो”
त्यसैगरी कार्यालयमा कार्यालय प्रमुख नहुदा प्रदेश सरकारले दैनिक रूपमा लाखौ राजश्व गुमाईरहेको थियो । प्रयोगात्मक तथा लिखित परीक्षा सञ्चालन नहुदा जनता मारमा त परेका नै थिए कार्यालयको आन्तरिक आय नहुदा करारका कर्मचारीको तलब नै रोकिएको छ । कार्यालयमा कार्यरत एक करारका कर्मचारीका अनुसार विगत ४ महिना देखिको तलब भत्ता उनिहरूले पाउन सकिरहेका छैनन । कार्यालयको दैनिक कार्य सञ्चालनमा पनि बजेटको अभाव भईरहेको र उक्त बिषयलाई लिएर प्रदेश सरकारको ध्यानाकर्षण गराउदा पनि तात्विक निर्णय एवम् सुनुवाई हुन नसकेको बताईएको छ ।
त्यस्तै भर्खरै निमित्त पाएका कार्यालय प्रमुख आलोक कुमार ओझाले आफूले पछिल्लो २ महिना देखि रोकिएका सेवा प्रवाहमा ध्यान केन्द्रित गरेको बताएका छन । जनताले लामो समय देखि लाईसेन्स लिने प्रकिया रोकिएको भन्दै उनले विगत को समय देखि कार्यालय प्रमुख नभएर रोकिएका प्रयोगात्मक तथा लिखित परीक्षा सञ्चालनमा आफुले जोडि दिने बताए । विशेषगरी विदेश जाने व्यक्ति लाई पहिलो प्राथमिकता दिएर लाईसेन्स दिने प्रकिया सुरू गरिएको छ । जसले गर्दा विदेशिन लागेका व्यक्तिलाई थप सहज हुने उनको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्