Ad imageAd image

कस्ता हुन्छन ब्रेन टयुमरका लक्षणहरु

खबर खुराक
खबर खुराक १४ असार २०८०, बिहीबार
3 Min Read
Aa

बुटवल । ब्रेन भनेको मानव मस्तिष्क हो ।  ट्युमर भनेको मानव शरिरको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो । सामान्य भाषामा भन्दा मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमरलाई हाम्रो समाजमा निकै भयावह रोगमा रुपमा लिइन्छ । यो मस्तिष्कमा लाग्ने रोग भएकाले पनि यसलाई आवश्यक्ता भन्दा भयावह रोगका रुपमा लिइएको हो ।

ब्रेन ट्यूमर एक गम्भीर समस्या हो । समयमै रोग पत्ता लागेर उपचार भएको खण्डमा यो रोग निको हुन्छ । उपचारमा भएको थोरै मात्र ढिलाइले ज्यानसमेत जानसक्छ । विशेषगरी, ब्रेन ट्युमर भएमा मस्तिष्कको एउटा कोषिका वा अन्य थुप्रै कोषिका असामान्य रुपले बढ्न थाल्छन्, जसका कारण अन्य कोषिका क्षतिग्रस्त हुन थाल्छन् ।

ब्रेन ट्युमरका १० लक्षणहरु 

१. ब्रेन ट्युमर भएमा अत्यधिक टाउको दुखिरहने गर्छ । जसबाट आराम पाउन औषधि खाँदा पनि निको हुँदैन । लगातार टाउको दुखिरहेमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

- Advertisement -
Ad image

२. आँखामा समस्या हुनु पनि ब्रेन ट्युमरको एक लक्षण हो । लगातार आँखा दुख्ने, धमिलो देख्ने र रङ छुट्याउन कठिन भएमा बेवास्ता गर्नु हुँदैन ।

३. शरीरमा कुनै किसिमको झट्का महसुस हुनु, बिना कारण एक्कासि रिंगटा लाग्नु र शरीर काम्नु यो रोगको लक्षण हुन सक्छ ।

४. कहिलेकाहीं एक ठाउँमा सामान राखेर भुल्ने गरिन्छ । जुन धेरैलाई हुन सक्छ । यो सामान्य हो । तर पटक–पटक स–साना कुरा पनि बिर्सिने गरेमा ब्रेन ट्युमरको लक्षण हुन सक्छ । साथै निद्रामा पनि समस्या देखिन सक्छ ।

५. दिमागलाई आराम मिलेन भने अनुहार सुन्निन थाल्छ । शरीर र दिमागलाई आराम नै मिलेको अनुभूति हुँदैन भने तुरुन्त स्वास्थ्य जाँच गराउनुपर्छ ।

६. ब्रेन ट्युमर दिमागमा हुन्छ । दिमागले नै शरीरलाई पूर्णरुपले नियन्त्रण गरिरहेको हुन्छ । तर ब्ल्याडरमा भने यसको नियन्त्रण हुँदैन । जसकारण बान्ता हुने, बेहोस हुने र कमजोरीको समस्या देखिन्छ ।

७. ब्रेन ट्युमर भएमा अनुहारको रङ पनि परिवर्तन हुन थाल्छ । कहिलेकाहीं छालामा बैजनी, कहिले सेतो, नीलो, हरियो रंग देखिन थाल्छ । यस्ता लक्षण देखिएमा हल्का रुपमा लिनु हुँदैन ।

८. धेरै पटक टाउकोको नसा चड्किएको जस्तो हुनु र अत्यधिक दुखाइ भएमा व्यक्तिले आफूलाई नियन्त्रण गर्न सक्दैन । कतिपयलाई ट्युमरको कारणले पनि यस्तो समस्या देखिन सक्छ ।

९. घाँटीमा केही अड्किएको जस्तो हुनुका साथै शरीरको वजन पनि लगातार बढ्दै गएमा सावधान हुनु जरुरी छ ।

१०. यदि बोल्ने र सुन्ने क्षमतामा समस्या भएमा चिकित्सकलाई देखाउनुपर्छ । यस्तो समस्या ब्रेन ट्युमरको संकेत हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्