Ad imageAd image

देवदह आदर्श बहुमुखी क्याम्पसमा सेनेटरी प्याड नष्ट गर्ने मेसिन हस्तान्तरण

खबर खुराक
खबर खुराक १४ असार २०८०, बिहीबार
2 Min Read
Aa

१४ असार, देवदह । देवदहमा रहेको एक क्याम्पसमा सेनेटरी प्याडलाई नष्ट गर्ने मेसिन हस्तान्तरण गरिएको छ। सामाजिक कार्यमा क्रियाशिल रहेको रोटरी क्लब अफ देवदहले देवदह -७ मा अवस्थित देवदह आदर्श बहुमुखी क्याम्पसमा सेनेटरी प्याड नष्ट गर्ने मेसिन हस्तान्तरण गरिएको हो ।

महिला स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरेको क्लबले यस अघि शान्ति प्रीय आधारभूत विद्यालयमा महिलामैत्री शौचालय निर्माण गरिएको, महिलाको स्वास्थ्य परिक्षणका निमित्त विभिन्न शिविरहरु सम्पन्न गरेको क्लबका अध्यक्ष सचिन पङ्गेनीले बताए।

सामुदायिक विद्यालय अवलकोनको क्रममा छात्राहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर राख्दै सेनेटरी प्याड नष्ट गर्ने मेसिनको आवश्यकता महसुस भएपछि देवदहमा रहेका सामुदायिक विद्यालयहरुमा प्याड नष्ट गर्ने मेसिन वितरण गर्ने अभियान सुरुवात गरिएको अध्यक्ष पङ्गेनीको भनाई थियो। ७० प्रतिशत छात्रा अध्ययनरत रहेको देवदह आदर्श बहुमुखी क्याम्पस बाट मेसिन वितरण कार्यको सुरुवात गरिएको र क्रमैसङ्ग अन्य विद्यालयहरुमा पनि उक्त मेसिन हस्तान्तरण गरिने क्लबले जनाएको छ।

देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले क्लबले गरेका सामाजिक क्रियाकलापको प्रशन्सा गर्दै समाज रुपान्तरण र सभ्य समाज निर्माणका निमित्त क्लबले गर्ने यस्ता खालका गतिविधि महत्त्वपूर्ण हुने बताए।समृद्ध देवदह निर्माणका निमित्त सामाजिक संघ संस्था सङ्ग सहकार्य गरेर अगाडि बढ्ने नगर प्रमुख खरेलको भनाई थियो।

- Advertisement -
Ad image

नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले महिलाहरूलाई प्राथमिकतामा राखेर कार्यक्रम गरेकोमा क्लबलाई धन्यवाद दिदै विद्यालयमा छात्राको संख्या हेरेर मेसिन वितरण गर्न सुझाव दिएका थिए ।

मेसिन हस्तान्तरण कार्यक्रममा क्याम्पसका उपाध्यक्ष वासुदेव रिमाल, प्रजापति सापकोटा, गङ्गा भण्डारी,क्याम्पस प्रमुख मित्रलाल न्यौपाने,पिताम्बर ज्ञवाली, मोतिलाल ढकाल र क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो।

मेसिनले प्रतिदिन १०० वटा सम्म प्याड नष्ट गर्न सकिने भएकोले मेसिन मार्फत अब प्रयोग गरिएको पयाडलाई नष्ट पार्न सहज हुने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्