Ad imageAd image

महिलालाई प्रवेश निषेध गरिएको आलमदेवी मन्दिर अब महिलाका लागि पनि खुला

खबर खुराक
खबर खुराक १५ असार २०८०, शुक्रबार
3 Min Read
Aa

१५ असार, काठमाडौं । शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’मा कुनै समय महिलालाई प्रवेश निषेध थियो। महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे। हिजाआज भने मन्दिर महिलाका लागि समेत खुला गरिएको छ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिर शाह वंशको कूलदेवता र कूल मन्दिरका रूपमा चर्चित छ। आलमदेवी मन्दिर १३५० सालमा स्थापना भएको हो। यो मन्दिरको शक्तिपीठमध्ये बेग्लै पहिचान र धार्मिक विशेषता छ। मन्दिरमा ठकुरी महिलालाई प्रवेश खुला गरिएको थियो। उनीहरूलाई मन्दिरमा पसेर पूजा, दर्शन तथा भेटी चढाउन छुट थियो। तर, ठकुरीबाहेकका महिलालाई मन्दिर प्रवेशमा निषेध गरिएको थियो। मन्दिर प्रवेश गर्न रोक लगाइएका कारण अन्य महिला बाहिरबाटै दर्शन एवं पूजा गर्दै आएका थिए। उनीहरूले ल्याएको भेटी मन्दिरका पुजारीलाई अथवा आफूसँग आएका पुरुषलाई भित्र चढाउन दिने चलन थियो।

शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’मा कुनै समय महिलालाई प्रवेश निषेध थियो। महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे। हिजाआज भने मन्दिर महिलाका लागि समेत खुला गरिएको छ।

आलमदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रित थापाले पहिलापहिला एकजना राखेर ठकुरीबाहेकका महिलालाई मन्दिर प्रवेशमा रोक लगाउने गरिएको बताए। ‘हिजोआज सबै महिलाका लागि मन्दिर खुला गरिएको छ’, उनले भने, ‘ठकुरीबाहेकका महिला मन्दिरमा प्रवेश गर्दा अनिष्ट हुन्छ भन्ने सुनिन्थ्यो, हिजोआज बाहिरबाट आएका महिला सहजै भित्र पस्छन्, पहिलाको चलनबारे थाहा पाएका महिला अझै पनि मन्दिर छिर्दैनन्।’

- Advertisement -
Ad image

अध्यक्ष थापाका अनुसार मन्दिरको सुरुआतदेखि नै चुडाकर्म गरेका रानामगर पुजारी छन्। यहाँ दशैंको नवमीका दिन डेढ घन्टा लामो यज्ञ र नवदुर्गाका विशेष पूजासहित सरकारी पञ्चबलि चढाउने चलन छ। ‘आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेडालाई बलि चढाइन्छ, भेडा नभए कुभिण्डो प्रयोग गरिन्छ’, उनले भने।

आलमदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रित थापाले पहिलापहिला एकजना राखेर ठकुरीबाहेकका महिलालाई मन्दिर प्रवेशमा रोक लगाउने गरिएको बताए।

कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले शाह वंशीय राजाले छाडिदिएको राँगोलाई स्थानीयले बलि चढाउने इतिहास रहेको बताए। ‘पछिल्लो समय राँगो छाड्ने परम्परा हटेको छ’, उनले भने, ‘गुठी संस्थानको ८४ हजार रुपैयाँ बजेटमार्फत मन्दिरको व्यवस्थापन हुँदै आएको छ।’

आलमदेवी मन्दिरमा तीन सय ६५ दिन नै पूजा हुने गरेको छ। यहाँ एकादशी, औंसी, साउन १ गतेदेखि नागपञ्चमी र सोह्र श्राद्धमा बाहेकका दिन बलि चढाउने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्