Ad imageAd image

चितवनको सामुहिक तरकारी कृषि फर्ममा धान रोपाइ गर्दै ओली (तस्बिरहरु )

खबर खुराक
खबर खुराक १५ असार २०८०, शुक्रबार
1 Min Read
Aa

१५ असार, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले चितवनमा छन्। आज परेको राष्ट्रिय धान दिवस मनाउन उनी पत्नी राधिकासहित बिहिबारै चितवन पुगेका हुन्।

धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि उत्पादन ठूलो मात्रामा गर्नुपर्ने उल्लेख गरे।

अध्यक्ष ओलीले अहिले परिवार सानो हुने, भएकाहरू पनि विदेश पलायन हुने र कृषि पेसातर्फ आकर्षण कम हुने गरेको छ। सहकार्य र सहकारी आवश्यक रहेको पनि बताए।

कार्यक्रमलाई सम्बोधन गरेपछिे पुर्व प्रधानमन्त्री ओलीले चितवनको भरतपुर-२४ स्थित केरुङ्गा सामुहिक तरकारी कृषि फर्मको करिव १ बिघा क्षेत्रफलमा धान रोपाइ गरेका छन्।

- Advertisement -
Ad image

पत्नी राधिकालाइ सँगै राखेर उनले हिलोमा छुपु छुपु धान रोपे। नेपाली ह्याट (छत्री)मा ठाँटिएर धान रोप्न गएका ओलीलाई पछाडिबाट उनका अंगरक्षकले समातेर सहयोग गरिरहेका थिए। उनले मेसिनबाट समेत  धान रोपे। केहीबेर धान रोपेपछि उनी हिलोबाट निस्किएका थिए।

तस्बिरमा हेर्नुस्

प्रतिक्रिया दिनुहोस्