Ad imageAd image

पाकिस्तानमा सशस्त्र अपराधीहरूले ‘व्यक्तिगत दुस्मनी’ को कारण गोली चलाउँदा ३ जनाको मृत्यु

खबर खुराक
खबर खुराक १५ असार २०८०, शुक्रबार
1 Min Read
Aa

१५ असार, पाकिस्तान । कराँचीको बल्दिया सहरमा सशस्त्र अपराधीहरूले ‘व्यक्तिगत दुस्मनी’ को कारण गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक चार वर्षीय बालकको गोली लागेर घाइते भएका छन् ।

एआरवाई न्युजले बिहीबार जनाएअनुसार अनुसार घटना बलदियाको रसिदाबाद क्षेत्रमा भएको थियो जहाँ सशस्त्र अपराधीहरूले तीन नागरिकको हत्या गरी चार वर्षीय बालकलाई गोली हानेर घाइते बनाएका थिए ।

प्रहरीले विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई गोली लागेको र उपचारका लागि स्थानीय अस्पतालमा लगिएको जनाएको छ । मृतकहरू मोहम्मद जुनैद, इम्तियाज, सीफान र मुहम्मद अयान रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक (एसपी) बल्दियाले प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसीबीका कारण घटना भएको  पाइएको बताएका छन् ।

- Advertisement -
Ad image

यसअघि मार्चमा कराँचीको कश्मीर रोड क्षेत्रमा ‘व्यक्तिगत दुस्मनी’ को कारण अज्ञात आक्रमणकारीहरूले एक नागरिकको गोली हानी हत्या गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्