Ad imageAd image

ललिता निवास प्रकरणमा मुछिएका तीन जनालाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

खबर खुराक
खबर खुराक १५ असार २०८०, शुक्रबार
1 Min Read
Aa

१५ असार, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तीन जनालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश डा. कुमार चुडालको इजलासले उनीहरुलाई पक्राउ गरेको कारण र आधार पेश गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको नाममा आदेश जारी गरेको हो ।

आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र मिनबहादुर गुरुङ सर्वोच्च अदालत पुगेका थिए ।

उनीहरुले हदम्याद सकिएको विषयमा आफूहरुलाई पक्राउ गरेर सरकारले कानूनको उल्लंघन गरेको र आफूहरुको मौलिक हक हनन् भएको दाबी गरेका थिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्