Ad imageAd image

अब अस्पतालहरूमा बेड भए नभएकाे स्थिति वेबसाइटमा राख्न स्वास्थ्य मन्त्रीको निर्देशन

खबर खुराक
खबर खुराक १८ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

१८ ,जेठ।

बुधवार काठमाडौँ महानगरपालिकाले विश्व धूम्रपान रहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रम बोल्दै   स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

उनले अस्पतालहरूमा आइसियु, इमर्जेन्सी वा सिसियु बेडहरु के–कति छन् र कति खालि छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे । उनले सो काम सुरु भइसहेको भन्दै अब त्यसप्रकारको समस्या नहुने बताए । त्यस्तै ओपिडि टिकट अनलाइनमार्फत पनि लिन सकिने उनले बताए ।  उनले संसारभरमा सुर्तीजन्य पदार्थमा सबभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताए । उनले सुर्तीजन्य पदार्थमा कम्तीमा २० प्रतिशत कर थपिए सो करबाट उठ्ने राजश्व गरिब बिरामीहरूको उपचारमा प्रयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्