Ad imageAd image

दाउन्नेको चुचुरोमा दाउन्ने देवी (तस्बिरहरु)

खबर खुराक
खबर खुराक १८ जेष्ठ २०८०, बिहीबार
4 Min Read
Aa

१८ जेठ,नवलपुर ।  नवलपुरको दुम्कीबास गाउँपालिका वडा नं ५ दाउन्ने पर्वत अमरवनमा अवस्थित धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले निकै नै महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित रहेको छ ।

दाउन्ने पर्वतलाई मध्य भागमा चिरेर पूर्व पश्चिम राजमार्ग रहेको छ । यहीँ राजमार्गले गर्दा दाउन्ने नेपालमा निकै नै चर्चित छ । यहीँ दाउन्नेको चुचुरोमा रहेको छ, प्रख्यात दाउन्ने देवीको मन्दिर । जुन समुन्द्र सतहदेखि तीन हजार ३७९ फिटको उचाइमा रहेको छ ।

काठमाडौँबाट पूर्व पश्चिम राजमार्ग हुँदै पश्चिम जाँदा करिब  २२८ कि.मि.को दुरीमा पूर्व पश्चिम राजमार्गको दाहिनेतर्फ करिब ३० मिनेटको उकालो हिँडेपछि दाउन्ने देवीको मन्दिरमा पुगिन्छ । प्राकृतिक सम्पदाले भरिपूर्ण, यो दाउन्ने पर्वत निकै नै रमणीय रहेको छ ।

नवलपुरको दुम्कीबास गाउँपालिका वडा नं ५ दाउन्ने पर्वत अमरवनमा अवस्थित धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले निकै नै महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित रहेको छ ।

- Advertisement -
Ad image

यसलाई ऐतिहासिक दृष्टिकोणले १६ औँ शताब्दीमा पाल्पाका राजा मुकुन्द सेन, प्रथम  १५७५-१६०१ बि.सं. देखि यसको अस्तित्व रहँदै आएको समेत उल्लेख गरिएको छ । १९ औँ शताब्दीको दोस्रो दशक १८१६ मा पाल्पाको राजा महीपाल सेनले धुर्कोटमा दरबार बनाउँदा देवी रिसाएर शितलामाईको प्रकोप बढी छोरा, छोरी बिरामी हुँदा लामाहरूको निर्देशानुसार धुक्रोटमा धुक्रोट देवी, महल पोखरीमा महल पोखरी देवी र दाउन्ने पर्वतमा दाउन्ने देवीको स्थापना गर्न लगाएको थिए भन्ने रहेको छ।

यस मन्दिरमा मल्ल तथा राणा कालिन घण्टी दाउन्नेदेवी मन्दिरमा थिए भन्ने कुरा २०२४ सालमा यस दाउन्ने देवीमा आइबसेका बाबा अम्बिका पुरी लगायत यहाँका बृद्धबृद्धाहरुको भनाई रहेको छ । वि. सं. १९२४ मा कप्तान सुरवीर बस्नेतले समेत चढाउनु भएको घण्टी अझै पनि मन्दिरमा विद्यमान रहेको छ।

योगी नरहरिनाथले यसरी संक्षेप आधारमा हेर्दा यसको अस्तित्व आज भन्दा ४५० वर्ष भन्दा अगाडी देखिरहेको स्पष्ट हुन्छ भनी दाउन्ने चिनारी पुस्तकमा उल्लेख गरिएको छ । यस मन्दिर परिसर एवं पर्वतमा वाल्मीकि श्रृषि आश्रम यहाँ पनि रहेको, गौतम बुद्ध पूर्वको यात्रा गर्ने क्रममा यही स्थलमा वास बसेको भन्ने पनि छ ।

साथै यस पर्वतमा विभिन्न गुम्बाहरू र  योगा श्रमहरु लगायत विभिन्न मठ र मन्दिर, देवलहरू रहेका छन्। यस रमणीय स्थलमा स्थानीयवासीको लागि वनभोज, विवाह, व्रतबन्ध, धार्मिक कार्यक्रम आदी गर्नको लागि यस धार्मिक स्थलमा विभिन्न सुविधाहरू रहेको छ।

विगत ४ वर्षदेखि दाउन्ने देवीका पुजारी रहेका गोविन्द पौडेलका अनुसार यस देवीको दैनिक नित्य पूजा, आरती बिहान र बेलुका हुने गर्दछ। यस मन्दिर मा विशेष पूजा श्री पन्चमी र विजया दशमीको नौ दिनसम्म पनि हुने गर्दछ। यस देवीको पूजा आराधना गर्नाले रोगव्याधी ठिक हुने, आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास समेत रहेको छ।

साथै, यस देवीको मन्दिरमा बलि समेत दिइने गरिएको छ। यस मन्दिरमा विशेष गरी बिदाको दिन र शनिवार भक्तजनहरूको अत्यधिक भिड हुने गर्दछ। यस देवीको पूजा अर्चना गर्नको लागि छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउने गर्दछन्।

मन्दिरका स्वयंसेवक दयाराम न्यौपानेका अनुसार यस मन्दिरको विभिन्न कार्यका लागि स्थापना गरिएको दाउन्ने देवी मन्दिर संरक्षण तथा व्यवस्था समितिले कार्य गर्दै आएकोमा २०७९ साल ज्येष्ठ महिनादेखि समिति विघटन भई, हाल उक्त मन्दिरको व्यवस्थापन, चन्दा सङ्कलन लगायत विभिन्न सम्पूर्ण कार्य दुम्कीबास गाउँपालिकाले सञ्चालन गरिरहेको छ।

123336163_1533823416801042_6904193795470081968_n1665645765.jpg

28660389_816193751897349_5403314730075321948_n1665645763.jpg

27331910_797964643720260_6224121544172315244_n1665645762.jpg

26994068_796892990494092_3630878232220013902_n1665645761.jpg

 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १३:०७

प्रतिक्रिया दिनुहोस्