Ad imageAd image

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भन्छन् गरिकता विधेयक भारतको स्वार्थमा

खबर खुराक
खबर खुराक १९ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

१९ ,जेठ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयक भारतको स्वार्थमा प्रमाणीकरण भएको आरोप लगाएका छन् । बिहीबार एक विज्ञप्ति जारी गरी उनले उक्त विधेयक प्रमाणीकरण गर्ने स्वार्थमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भएको पनि दाबी गरेका छन् ।

विगतमा धेरै भारतीयले जन्मको आधारमा नेपाली नागरिकता लिएका भन्दै केसीले अहिलेको विधेयकले उनीहरुको सन्तानलाई वंशजको नागरिकता पाउने बाटो खुला गरेकाले विधेयक राष्ट्रहित विरुद्ध रहेको बताएका छन् ।

विगतमा लाखौँ भारतीयहरुले नेपालमा जन्मको आधारमा नागरिकता प्राप्त गरेका थिए । त्यसरी जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान यो नागरिकता विधेयकमा सम्मिलित रहेको छ । त्यसरी जन्मको आधारमा नागरिकता प्राप्त गरेका गैर नेपालीका सन्तानले वंशजको नागरिकता प्राप्त गर्ने छन् ।’

- Advertisement -
Ad image

संघीय संसदको दुबै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी राखेकी थिइन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेका थिए । केसीले तत्कालिन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि र त्यतिबेलाको संसदको कार्यकाल समाप्त भएपछि नागरिकता विधेयकले कानुनी हैसियत गुमाइसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्