Ad imageAd image

झापामा पौडी खेल्न गएका युवाको मृत्यु

खबर खुराक
खबर खुराक १९ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

१९ जेठ, काठमाडौं । त्याधिक गर्मीका कारण खोलामा पौडी खेल्न गएका झापा कनकाई नगरपालिका २ का २१ वर्षीय सलिम गुरागाईको शुक्रबार साँझ डुबेर मृत्यु भएको छ।

कनकाई नगरपालिका २ निवासी गुरागाई साथीसहित स्थानीय कनकाई नदी दोमुखा क्षेत्रमा दिउँसो ४ बजेतिर पौडी खेल्न गएकोमा ४ः१५ बजेतिर अचानक डुबेर मृत्यु भएको कनकाई नगरपालिका २ का वडाअध्यक्ष बलराम राई प्रतापले गोरखापत्रलाई जानकारी दिनुभयो।

मृतक युवकको शवलाई पोस्टमार्टमका लागि दमक लगिएको छ। झापामा पछिल्लो समय अत्याधिक गर्मीका कारण प्राय सबै विद्यालय केही दिनका लागि बिदासमेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्