२०,जेठ ।
तापक्रमले ‘थे्रसहोल्ड’ नाघेपछि नेपालका धेरै भू–भागमा ‘हिटवेभ’ सुरु भएको छ। कुनै पनि स्थानमा तापक्रमको थे्रेसहोल्ड तोकिएको हुन्छ। त्योभन्दा बढी तापक्रम निरन्तर तीन दिनसम्म रहनुलाई प्राविधिक भाषामा हिटवेभ भनिन्छ।
चितवनदेखि पूर्वी तराई, गण्डकीको पोखरा आसपासका केन्द्र साथै दाङमा पनि हिटवेभको समस्या देखिएको छ। समग्रमा मध्य तथा पूर्वी तराईका धेरैजसो जिल्लाहरूमा हिटवेभ देखिएको हो। गर्मी बढेका अधिकांश स्थानमा विद्यालयहरू बन्द गरिएका छन्।
गत अप्रिलमा पनि त्यहाँ हिटवेभ देखिएको थियो। त्यहाँ ३८.१ देखि ३८.६ डिग्रीसम्म पुगेको थियो। गत दुई दिनमा कैलालीमा ३९.८ र ३९.९ डिग्री तापक्रम पुगेको छ। टीकापुर क्षेत्रमा ३९.५ कटेपछि गर्मी मानिन्छ। अहिले ३९.८ पुगिसकेको छ। जनकपुरमा धेरै गर्मी छ।
बुधबारदेखि जनकपुरको तापक्रम ३९.१ डिग्री छ। जनकपुरमा ३७ डिग्री पुगेपछि गर्मी, ३८.२ डिग्री कटेपछि धेरै गर्मी र ४० डिग्री कटेपछि अत्यधिक गर्मी मानिन्छ। तर, नेपालगन्जको तापक्रम सामान्य अवस्थामा यथावत् छ। भैरहवामा पिन निकै गर्मी बढेकाे छ ।
प्रतिक्रिया दिनुहोस्