Ad imageAd image

‘बोटे सामुदायमा ‘होमस्टे’ खोलेपछि महिलाहरूको दैनिकी फेरियाे !

खबर खुराक
खबर खुराक २० जेष्ठ २०८०, शनिबार
2 Min Read
Aa

२०, जेठ ।

चितवनको माडी नगरपालिका-१ की एक बोटे महिला हिजो आज गाउँमा नै खोलिएको होमस्टेमा व्यस्त हुन्छिन् । होमस्टेमा आउने पाहुनालाई स्वागत/सत्कार गर्ने, पकाउने, खुवाउने जस्ता काममा उनको समय बित्ने गरेको छ । २०७७ सालमा गाउँमा नै ‘बोटे सामुदायिक होमस्टे’ खोलेपछि उनी सहितका महिलाहरूको दैनिकी अहिले फेरिएको छ ।

गाउँमा होमस्टे खुल्नुभन्दा अगाडिसम्म उनको दैनिकी हुन्थ्यो, गुजारा चलाउनका लागि माछा मार्न जाने, जंगलमा घाँस-दाउरा खोज्ने र निहुरो टिप्ने । त्यसरी परिवार सहितको जीवन चलाउन धौ-धौ थियो । त्यसमाथि लघुवित्तको ऋणको बोझ थियो । होमस्टे खुलेपछि खान-लाउन त पुगेको छ नै ऋणको बोझ पनि कम भएको उनी बताउँछिन् ।

‘पहिले त राम्रोसँग एक जोर लुगा लगाउन पनि मुस्किल थियो’  ‘मारेर ल्याएको माछा अन्तै बेच्नुपर्थ्यो, हामी खोले खाएरै बस्थ्यौं, अहिले त अर्को जीवन पाएजस्तो भएको छ, लघुवित्तको ऋण पनि घटाएकी छु ।’

- Advertisement -
Ad image

उमेरले ५० पुगेकी फूलमाया बोटेको जीवनमा पनि होमस्टेले परिवर्तन ल्याएको छ । पहिला दैनिक घाँस-दाउरा र माछा मार्न जाने फूलमाया अहिले गाउँमा आउने पाहुनाहरूको स्वागत र सत्कारमा जुट्ने गर्छिन् ।

होमस्टे सञ्चालनबाट आएको रकमले जीवनमा थोरै भए पनि परिवर्तन ल्याएको छ । ‘होमस्टेबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घरव्यवहार चलाउने जस्ता काममा धेरै सजिलो भएको छ’ ।

माडीको रिउ नदी तरेपछि मूल सडकको सेरुवा गेटबाट १५०० मिटरको दूरीमा पश्चिमतर्फ लागेपछि बोटे सामुदायिक होमस्टे पुगिन्छ । होमस्टे बनाउन माडी नगरपालिका, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, तराई भूपरिधि कार्यक्रम (ताल) ले आर्थिक सहयोग गरेका छन् । १० लाखभन्दा बढी खर्च गरेर सुविधासम्पन्न दुई कोठाको होमस्टे बनाइएको छ । सो क्षेत्रमा १२ वटा होमस्टे छन् जहाँ एक रातमा ६० जनासम्म अटाउन सक्छन् ।

होमस्टे सञ्चालनपछि स्थानीय महिलाको नेतृत्व र क्षमता विकास समेत भएको छ । ‘पहिला कोही नौलो मान्छे गाउँमा देख्ने वित्तिकै महिलाहरू घरभित्र लुक्थे, बोल्न डराउँथे, तर अहिले खुलेर बिन्तीबाटी गरेर स्वागत गर्ने भएका छन्’ अध्यक्ष सापकोटा भन्छन्, ‘खुलेर कुरा गर्ने, आफ्ना विचारहरू राख्ने, तर्क गर्ने अवस्थामा आएका छन्, उनीहरूको जीवनमा ठूलो परिवर्तन आएको देख्छु, हामी खुसी छौं ।’

प्रतिक्रिया दिनुहोस्