Ad imageAd image

के हो पीएच एसिड ?

खबर खुराक
खबर खुराक २१ जेष्ठ २०८०, आईतवार
2 Min Read
Aa
डा-गरिमा-श्रेष्ठ

यी चार चरणमा विभिन्न किसिमको फरक-फरक रंगका योनीस्राव हुन्छ । यो सेतो र बाक्लो खालको तरल हुन्छ । त्यसबाहेक यौनाङ्गमा एक किसिमको अम्लीय तरल पदार्थ हुन्छ, जसलाई पीएच एसिड भनिन्छ ।

यसले गर्दा पेन्टी भिज्ने, मक्किने र त्यसपछि सुकेर पेन्टी अररो हुन्छ । यसैले पेन्टीलाई फोहोर बनाउने हो ।

के हो पीएच एसिड ?

सामान्यतया यौनाङ्गमा पीएच एसिडको लेभल ४.५ भन्दा कम वा बराबर हुनुपर्छ । तर महिनावारी अघि र पछि पीएच लेभल थपघट हुन सक्छ । यतिबेला खराब ब्याक्टेरिया बढ्न र संक्रमण हुन सक्छ ।

- Advertisement -
Ad image

यौनाङ्गमा पीएच एसिड उच्च भएमा ब्याक्टेरिया बढ्ने जोखिम बढी हुन्छ । यस्तो अवस्थामा असामान्य खैरो, सेतो वा पहेंलो योनीस्राव हुने गर्छ । यो माछाको जस्तो गन्ध आउने हुन्छ । यसरी योनीस्राव हुँदा अत्यधिक चिलाउने र पिसाब गर्दा पोल्ने हुन्छ ।

योनीस्राव सामान्य हो ?

योनीबाट तरल पदार्थ बग्नु एक सामान्य र प्राकृतिक अवस्था हो । यसले यौनाङ्गलाई बाह्य संक्रमणबाट बचाउनु हो । त्यसैले यो अम्लीय पदार्थलाई धेरै सफा गरिरहनु हुँदैन ।

प्रायः महिला वा किशोरीमा दैनिकजसो थोरै योनीस्राव हुन्छ । तर अण्डा बन्ने समयमा यसको मात्रा बढी हुन्छ । यो सेतो रंगको हुन्छ । यदि अत्यधिक मात्रामा योनीस्राव हुन्छ भने मात्र सफा गर्नुपर्छ । दैनिक धेरै योनीस्राव भएमा चिकित्सकलाई देखाउनुपर्छ ।

यौनाङ्ग सुख्खा राख्न हुन्छ ?

अहिले गर्मीयाम छ । यतिबेला पसिना अनि योनीस्रावले गर्दा फंगल इन्फेक्सन हुन सक्छ । त्यसैले यौनाङ्गको बाहिरी भाग सुख्खा राख्नु राम्रो हो तर यौनाङ्गको भित्री भाग भने ओसिलो हुनु जरुरी छ ।

यौनाङ्ग कसरी सफा गर्ने ?

योनीलाई पटक-पटक सफा गर्नु हुँदैन । दिनको एक वा दुई पटक सफा गर्न सकिन्छ । तर सफा गर्ने भन्दैमा साबुनपानीले दैनिक सफा गर्नुहुँदैन । हप्ताको एकपटक चाहिं साबुनपानीले सफा गर्दा हुन्छ । अरु बेला पानीले मात्र सफा गर्नुपर्छ ।

पिसाब गरिसकेपछि भने यौनाङ्गलाई सुख्खा बनाउन टिस्यु पेपर वा सफा नरम कपडा प्रयोग गर्न सकिन्छ ।

कस्तो पेन्टी उपयुक्त ?

सुतीको पेन्टी तुलनात्मक रुपमा उपयोगी हुन्छ । नाइलन वा सिल्क कपडाका पेन्टी लगाउँदा तरल पदार्थलाई सोस्न सक्दैन, जसले संक्रमणको जोखिम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्