Ad imageAd image

बाल सिर्जना (कविता)

खबर खुराक
खबर खुराक २१ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

हाम्रो सुन्दर घर

बाल सिर्जना ।

हजुरबाको नाति म

सबैभन्दा जाति म

- Advertisement -
Ad image

स्कुलमा सबैसँग

मिल्ने साथी म ।।

काली हैन गोरी म

बाआमाकी छोरी म ।

भन्छिन् दिदी दुःख गर्छु

खान्नँ चोरी म ।।

अफिसबाट फर्किएर

बाबा घरको काम

सघाउन थाल्नुहुन्छ

छिट्टै पाक्छ माम ।।

हजुरआमा जुट्दै गर्दा

आरतीका लागि

जम्मा भई हामी सबै

हुन्छौँ सहभागी ।।

मुख ताक्ने बानी छैन

कसले गर्ला भनी

घरको काम मिली गर्छौं

एकजुट बनी ।।

सबै जना मिलेपछि

हुन्छ ठूलै भर

सबले भन्छन् नमुना हो

हाम्रो सुन्दर घर ।।

गोरखापत्र अनलाइनबाट ।।

प्रतिक्रिया दिनुहोस्