Ad imageAd image

पेरिसमा नेपाल महोत्सव हुँदै

खबर खुराक
खबर खुराक २१ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

पेरिस । फ्रान्सको राजधानी पेरिसमा आज जुन  ४ मा १८औँ नेपाल महोत्सवको आयोजना हुँदैछ। महोत्सव दुई दशकदेखि फ्रान्समा सक्रिय रहेको संस्था नेपाली सांस्कृतिक गृहले आयोजना गरेको हो। नेपाली सांस्कृतिक गृहले हरेक वर्ष यस्तो महोत्सव आयोजना गर्दै आएको छ।

नेपाली कला संस्कृतिलाई संवर्द्धन गर्ने लक्ष्य सहित फ्रान्समा हरेक वर्ष यो नेपाली सांस्कृतिक मेलाको आयोजना गर्दै आएको आयोजक कवीन्द्र कायस्थले बताए। महोत्सवमा नेपाली हस्तकलाका सामाग्री, चित्रकला प्रदर्शनी, रथ यात्रा, लाखे नाच, नेपाली परिकारका स्टल हुने पनि उनले बताए।

महोत्सवको दोस्रो दिन जुन ४ मा राई इज किङको नामले प्रख्यात गायक राजेश पायल राईको साङ्गीतिक प्रस्तुति पनि रहेको छ। महोत्सवमा आफ्नो साङ्गीतिक प्रस्तुतिका लागि गायक राई हिजो फ्रान्स आइपुगेका छन्।साथै नेपाल र नेपाली संगीतलाई विश्वभरि चिनाउँदै आएको ‘सुकर्म’ ब्यान्डको पनि विशेष प्रस्तुति पनि रहनेछ। महोत्सवबाट उठेको मुनाफा नेपाली वैज्ञानिक महावीर पुन मार्फत नेपाल राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग स्वरूप हस्तान्तरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्