२१ ,जेठ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या विपन्न नागरिकका लागि अनिवार्य रूपमा निःशुल्क दिन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । आइतबार मन्त्रालयले पुनः पत्र जारी गर्दै सरकारी, सामुदायिक तथा निजी अस्पताल र सबै स्थानीय तहलाई विपन्न र लक्षित वर्गका लागि १० प्रतिशत शय्या छुट्याएर निःशुल्क सेवा दिन निर्देशन दिएको हो । यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मन्त्री बस्नेतलाई विपन्न, असहाय र बेबारिसे बिरामीको उपचार लागि स्वास्थ्य संस्थाले शय्या नछुट्याइएको भन्दै अनुगमन र कारबाही गर्न अनुरोध गरेका थिए ।
स्वास्थ्य मन्त्रालयले ७ दिनभित्र उक्त काम नगरे महानगरले ६८ वटा स्वास्थ्य संस्थाको प्रशासनमा तालाबन्दी गर्ने चेतावनी समेत दिएको थियो । उक्त चेतावनीपछि गत शुक्रबार मन्त्री बस्नेत पत्रकार सम्मेलनमा बालेनले प्रचार गरिरहेका र आफूले हल्ला नगरी काम गरिरहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्