Ad imageAd image

भारतको ओडिशामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने

खबर खुराक
खबर खुराक २२ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

२२ जेठ, काठमाडौं । भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने घोषणा भारत सरकारले गरेको छ।

भारतीय रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारको तर्फबाट मृतकका परिवारलाई १०र१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका हुन्। त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ। अहिले भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन्। त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदी दुर्घटनामा दुःख व्यक्त गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकको परिवारलाई २ लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन्।

भारतको ओडिशा राज्यमा रेल दुर्घटना हुँदा २०० भन्दा बढीको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजेतिर भएको दुर्घटनामा ९०० जना भन्दा धेरै घाइते भएको भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। ओडिशाको बालासोर जिल्लाको बहानागा स्टेशनमा कोरोमण्डेल, बेंगलुरु(हावडा एक्सप्रेस रेल लिकबाट खसेको हो। रेल अर्को मालबाहक रेलमा ठोक्किएको थियो।

प्रतिक्रिया दिनुहोस्