२४, जेठ ।
तिलोत्तमा उपमहानगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले सञ्चारिका समूह नेपाल रूपन्देहीको आयोजनामा भएको हिजाे २३ गते बुटवलमा भएकाे कार्यक्रममा समाजमा रहेको विभेद हटाउन उपमहानगरपालिकालाइ लैगिक मैत्री बनाउने प्रयासमा त्रिलोत्तमा भएको बताईन् ।
सो कार्यक्रममा रूपन्देहीका स्थानीय तहमा रहेका उपप्रमुख र उपाध्यक्षको एक वर्षको अन्तरालमा भएका कामका बारेमा पत्रकारमहिलासंग छलफल भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै तिलोत्तमा उपमहानगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले तिलोत्तमा उपमहानगरपालिकाका लैगिकमैत्री नगर बनाउनका लागि आफुहरु लागि परेको भन्दै त्यसका लागि सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताईन् । उनले पत्रकारको कलम जहिले पनि निष्पक्ष ढङ्गबाट चल्नुपर्नेमा जोड दिदै भनिन् राजनिति गर्ने काम हाम्रो हो ।
नागरिक लाई कसरी सेवा दिन सकिन्छ भन्ने कुरामा लागिरहदा धेरै चुनौती भए पनि हामी निरन्तर लागी रहेकोमा पक्कै राम्रो हुने छ तर टिम मिलेर अगाडी बढेमा हरेक सफलता हासिल गर्न सकिन्छ । बालमैत्री उपमहानगरपालिकाका भएको र लैगिक मैत्री बनाउने प्रयासमा सबैकाे सहयाेग भएकाेले कलम चलाउने पर्नेमा सञ्चारिका समूहलाइ अनुरोध गरिन् ।
उपप्रमुख चौधरीले राजनीतिक आग्रह पूर्वाग्रहभन्दा बाहिर रहेर पत्रकारले निष्पक्ष पत्रकारिता गर्न जरूरी रहेको बताइन् । हरेक काममा प्रमुखकै मात्रै नाम अगाडी आउछ, उपप्रमुख चौधरीले भनिन् । उपप्रमुखको नाम सधै आेझेलमा पर्ने गरेको छ ,कुनैपनि पालिका उत्कृष्ट हुन सम्पुर्ण टिमको महत्वपुर्ण भुमिका हुन्छ ,।
यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले एक अरब सत्र करोड ८० लाख बजेट त्रिलोत्तमा भएको र बजेटबाट ४५ करोड ५ लाख सडक निर्माणका लागि एडीबीिले बाटोको लागि हालेको रकम हो त्यसैले बजेटको अकार ठुलो देखिएको बारेमा जानकारी गराएकि थिइन ।
उपमहानगरपालिकाले अहिले सीपमूलक तालिम दिनु त्रिलोत्तमाको लक्ष्य भएकोमा त्यही अनुसार तालिम पनि दिदै आइरहेको र अब पनि नयाँ थप गर्दै लैजाने बताएकी थिइन । त्यस्तै अन्य सीप हरुमा स्वरोजगार तालीम , ब्युटिसियन, शिलाइ, फेसन दिजाइनर आदि तालीम दिदै आएको बताएकी थिइन ।
प्रतिक्रिया दिनुहोस्