२५ जेठ, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुटवल-बसन्तपुर चल्ने लुम्बिनी केवलकारको विहिबार उद्घाटन गरेका छन् । बुटवल गोलपार्कस्थित बटम स्टेशनमा पुगेर प्रधानमन्त्री प्रचण्डले केबलकार उद्घाटन गरेका हुन्।
यही जेठ १५ गतेदेखि सफ्ट ओपनिङ भएको केवलकारको आज औपचारिक उद्घाटन भएको हो । उद्घाटनसँगै पधानमन्त्री प्रचण्ड केवलकार चढी उद्घाटन समारोहरदाइ सम्बोधन गर्न पाल्पाको तिनाउ-३ मा अवस्थित केवलकारको टप स्टेशन बसन्तपुर डाँडामा पुगेका छन् । आईएमई समुहको मुख्य लगानी रहेको केवलकार पाल्पाको तिनाउ गाउँपालिकास्थित वसन्तपुरसम्म करिब ३ किलोमिटर दूरीको छ । केवलकारमा २४ वटा गोन्डुला रहेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते सिलान्यास गर्नुभएको उक्त केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।
प्रतिक्रिया दिनुहोस्