Ad imageAd image

गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू जेठ ३० गतेसम्म बन्द हुने

खबर खुराक
खबर खुराक २५ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

२५ जेठ, सुर्खेत। गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू जेठ ३० गतेसम्म बन्द हुने भएका छन्  ।अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गरेका हुन ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को सुर्खेत जिल्लाभरीका विद्यालयलाई एक साताका लागि गर्मी बिदा दिन पत्राचार गरे पछि जिल्लाका निजी बिद्यालयहरु बन्द भएका हुन ।गत जेठ जेठ २४ बन्द हुन सुरु भएका बिद्यालयमा कम्तिमा पनि ३० सम्म पठनपाठन हुने छैन । अत्यधिक गर्मीका कारण बालबालिका बेहोस हुन थालेको तथा लुको खतरा बढेकाले स्वास्थ्यमा थप समस्या सिर्जना हुनसक्ने जोखिम बढेको भन्दै बिद्यालय बन्द गरिएका हुन ।

प्रतिक्रिया दिनुहोस्