Ad imageAd image

एमाले अध्यक्ष ओली भोली स्याङ्जाको बिर्घा आउने

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा २५ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

पाल्पा, २५ जेठ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार बिर्घा आउनुहुने भएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिकाको भवन उद्घाटन गर्न बिर्घाको गहलाम आउनुहुने भएको हो । उहाँले दिउँसो १ बजे कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

उहाँकाअनुसार अध्यक्ष ओली भोलि नै आउनुहुने एमाले गण्डकी प्रदेश कमिटी सदस्य समेत रहेका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

भवन उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले बताउनुभयो । पूर्वप्रधानमन्त्री ओली १ बजे आउने भएपनि अन्य कार्यक्रम भने बिहान ११ बजेदेखि नै सुरु हुने उहाँले बताउनुभयो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्