पाल्पा, २८ जेठ । आदर्श आधारभूत विद्यालय माथागढी- १ चिदीपानी पाल्पाको ६७औं वार्षिकोत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि माथागढी गाउपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १ चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीले विद्यालयको गुणस्तरीय शिक्षाका लागि विशेष योजना बनाएर अगाडि बढ्न सुझाव दिनुभयो ।
विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउनका लागि गाउँपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि शिक्षा समिति सदस्य तथा सौभाग्य माध्यमिक प्रधानाध्यापक कृष्णप्रसाद खनालले ऐतिहासिक यस विद्यालयले दक्ष र अब्बल शिक्षित जनशक्ति उत्पादन गरेको बताउनुभयो ।
वडा सदस्य लीला कुमारी विक, जाउपोखरा आधारभूत विद्यालयका प्रधानाध्यापक गिरिराज बेल्बासे, पूर्व प्रधानाध्यापकहररू जगन्नाथ काफ्ले, शंकर काफ्ले, अभिभावक संघ पूर्व अध्यक्ष टोपला पाण्डे, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुद्ध बहादुर सारू लगायतले शुभकामना दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक गिरिजा पाण्डेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको संचालन अग्नि न्यौपानेले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्