Ad imageAd image

सर्लाहीमा अविवाहित गर्भवती महिलाको मृत्यु

खबर खुराक
खबर खुराक २९ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

२९ जेठ,सर्लाही ।  सर्लाहीको बसबरिया गाउँपालिकामा केही दिनअघि गर्भपतन गराएकी एक १६ वर्षीया किशोरीको उपचारका क्रममा आज मृत्यु भएको छ । बसबरिया गाउँपालिका –२, मानपुर बस्ने महेन्द्र सहनीकीअविवाहित छोरी किरण कुमारीको उपचारका क्रममा आइतबार दिउँसो प्रोदेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

किरण कुमारीले केही दिनअघि गाउँकै एक क्लिनिकमा पुगेर गर्भपतन गराउने औषधि खानुभएको थियो । करिव ६ महिनाको गर्भ रहेकोमा गर्भपतनको औषधि खाएपछि अत्यधिक रक्तश्राव भई उपचारका लागि जेठ २१ गते राति २ बजेतिर उहाँलाई प्रादेशिक अस्पताल मलङ्गवामा लगिएको थियो । अवस्था थप जटिल बन्दै गएपछि मलङ्गवा अस्पतालले उहाँलाई जनकपुर रेफर गरेको थियो ।

जेठ २३ गते शल्यक्रिया गरी उहाँको करण कुमारीको गर्भबाट मृत अवस्थाको शिशु (छोरा) निकालियो । त्यसपछि पनि प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचाररत् किरण कुमारीको आइतबार दिउँसो मृत्यु भएको हो ।

किरण कुमारीको मृत्यु भएको भनी प्रादेशिक अस्पताल जनकपुरले जानकारी गराएको प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले जानकारी दिनुभयो । १६ वर्षीया अविवाहित किशोरी कसरी गर्भवती भइन ? भन्ने प्रष्ट हुन सकेको छैन् ।

- Advertisement -
Ad image

स्रोतका अनुसार किशोरीको विवाहको तयारी भइरहेका बेला अनैतिक सम्वन्धको गर्भ रहेको थाहा पाएपछि गर्भपतन गराउने क्रममा दुःखद घटना हुन पुगेको आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले घटनाबारे जानकारी प्राप्त भएको र पीडित परिवार सम्पर्कमा आएपछि थप अनुसन्धान अघि बढाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्