Ad imageAd image

१ लाख बढी नगद पुरस्कारबाट वरिष्ठ पत्रकार कोइराला पुरस्कृत

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा १६ असार २०८०, शनिबार
2 Min Read
Aa

पाल्पा , १६ असार । वामपन्थी लेखक तथा वरिष्ठ पत्रकार कमल कोइराला ´पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार` बाट पुरस्कृत हुनुभएको छ ।

पुष्पलाल स्मृति प्रतिस्ठानले शुक्रबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

तानसेन नगरपालिकाको सहयोगमा पुष्पलाल स्मृति प्रतिष्ठानमा स्थापित यो पुरस्कार कार्यक्रमका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, प्रतिष्ठानका अध्यक्ष गोविन्द भट्टराई, जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजाली लगायतले प्रदान संयुक्त रुपैया प्रदान गर्नुभएको हो ।

पुरस्कृत भएका कोइरालालाई सम्मानपत्र, दोसल्ला र पाल्पाली ढाका टोपी लगाएर सम्मान पनि गरिएको थियो ।

- Advertisement -
Ad image

८६ वर्ष अघि मोरङमा जन्मिएका कोइराला पुष्पलालका समकालीन हुनुहुन्छ ।

पिता मातृकाप्रसाद कोइराला राणाशासनको अन्त्यपछि मुलुकको प्रधानमन्त्री बनेका उनी कोइराला परिवारमा कम्युनिस्ट नेताको रुपमा स्थापित हुनुभयो ।

कोइराला कोरियाका लागि पुर्वराजदुत समेत हुनुभएको हो ।

पुरस्कार ग्रहण गर्दै उनले आफुलाई सम्झेर पुरस्कृत गर्नुभएको भन्दै  धन्यवाद दिनुभयो ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनको आन्दोलनमा लेखनका माध्यमबाट लाग्नुभएका पत्रकार कोइरालालाई यो पुरस्कार प्रदान गर्नु सराहनीय कार्य भएको बताउनुभयो ।

बरिष्ठ पत्रकार किशोर श्रेष्ठले पुरस्कृत व्यक्तित्व कमल कोइरालाको जीवनी, राजनीतिक, सामाजिक आन्दोलन र पत्रकारिता क्षेत्रमा रहेको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष गोविन्द भट्टराईको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्