Ad imageAd image

दार्चुलाको महाकालि नदिमा हाम फालेर एक ३४ वर्षका युवा बेपता

खबर खुराक
खबर खुराक १७ असार २०८०, आईतवार
1 Min Read
Aa
साङकेतिक

१७ असार, दार्चुला । दार्चुलाको सदरमुकाम खलङ्गामा पर्ने रिङनतालस्थित महाकाली नदिमा हाम फालेर एक  पुरुष बेपत्ता भएका छन् ।

शनिवार साँझ ४ बजे अन्दाजी ३४ ÷ ३५ वर्षका पुरुष महाकाली नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

नदीमा हाम फालेर  बेपत्ता भएका पुरुषको खोजी कार्यका लागि  अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । यो समाचार तयार पार्दासम्म उक्त पुरुष बेपत्ता नै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जगत् गाहामगरले बताए । पुरुष हाम फालेको ठाउँमा चप्पल  मात्रै  फेला परेको छ । बेपत्ता पुरुषको खोजी कार्य भइरहेको दार्चुला प्रहरीले बताएको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्