Ad imageAd image

जुम्लामा अन्तरजातीय विवाह गरेको ४ दिनपछि केटाको घरमा सल्कियो आगो

खबर खुराक
खबर खुराक १७ असार २०८०, आईतवार
1 Min Read
Aa

१७ असार, जुम्ला । जुम्लाको तातोपानी–४ गिडीखोलाका मुकुन्द नेपालीले स्थानीय बसन्ती गिरीसँग भागेर गएको साता बिहे गरे। २० वर्षीय मुकुन्दले उमेर नखुलेकी उनै युवती बसन्तीसँग प्रेमपछि अन्तरजातीय विवाह गरेको स्थानीयहरू बताउँछन्।

केटी पक्षका अनुसार हाल उनीहरू बाँके जिल्लामा छन्। बसन्तीले मुकुन्दसँग भागेर विवाह गरेलगतै आफूहरू बाँके आएको आफन्तलाई फोनमा भनेकी थिइन्। मुकुन्द र बसन्तीले अन्तरजातीय विवाह गरेको चार दिन पछि केटाको घरमा एक्कासी आगो लागेको मुकुन्दका माइला दाइ भरत नेपालीले बताए।

‘भाइले अन्तारजातीय बिहे गर्नु र त्यसको चार दिन पछि आगो लाग्नु संयोग नभएर योजना हो’, उनले भने, ‘यो काम केटी पक्षका दाइले गराएको भनी किटानी दिने तयारी गरेका छौँ।’

तीन तलाको घर जलेर पूरै नष्ट भएको हाँकु प्रहरी चौकीका इन्चार्ज राजेन्द्र गिरीले बताए। उनले क्षती विवरण नआइसकेको र घटनाको थप अनुसन्धान भइरहेको बताए।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्