१८ असार, काठमाडौं । पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ। इच्छाकामना गाउँपालिका ५ तुईन खोला नजिक पुरानै ठाउँमा गएराति १ः५० मा पहिरो खस्दा दुई तर्फिनै अवरुद्ध भएको सडक केहीबेर अघिदेखि खुलेको हो।
माथिबाट झरेको पहिरोले नारायणगढदेखि काठमाडौ तर्फ जाँदै गरेको ना ६ ख ७१० नम्बरको कण्टेनर समेत पल्टाएको थियो।
पल्टिएको कन्टेनर र पहिरो हटाउन हटाएपछि दुई तर्फ नै सवारी साधन गुड्न थालेको चितवन प्रहरीले जानकारी दिएको छ। पहिरो राती गएपनि बिहानबाट पहिरो सफा गर्न सुरू गरिएको थियो। पहिरोमा परी कन्टेनर चालक वीरगन्जका ३५ वर्षिय राम पुकार घाइते घाइते भएका छन्।
शनिबार मध्यरातिदेखि पहिरोका कारण अवरुद्ध सडक आइतबार बेलुका मात्र खुलेको थियो। तुइन खोला आडमा खसेको पहिरोले बिहीबारदेखि यात्रुले सास्ती खेपिरहेका छन्। केहीबेर सडक खुल्ने र पहिरो खसिहाल्ने भएकाले सडकमा सवारी साधनको लामो लाइन लागेको छ।
प्रतिक्रिया दिनुहोस्