Ad imageAd image

अमेरिकामा सुटिङका क्रममा शाहरुख खान घाइते

खबर खुराक
खबर खुराक १९ असार २०८०, मंगलवार
1 Min Read
Aa

१९ असार, नयाँ दिल्ली । सुटिङका क्रममा बलिउड स्टार शाहरुख खान घाइते भएका छन्।  अमेरिकाको लस एन्जलसमा आफ्नो आगामी फिल्मको सुटिङका क्रममा खान घाइते भएका हुन्। उनको नाकमा चोट लागेको  छ। दुर्घटनालगत्तै उनलाई अस्पताल लगिएको थियो।

मंगलबार नयाँ रिपोर्टअनुसार दुर्घटनापछि शाहरुखको नाकको शल्यक्रिया गरिएको छ। उनी भारत फर्किएका छन् र घरमै आरामै गरिरहेका छन्।

केही दिनअघि घटेको सो घटनाबारे हालसम्म शाहरुख र उनको टिमले कुनै आधिकारिक जानकारी गराएको छैन।

स्रोतले इन्डिया टुडेलाई बताएअनुसार लस एन्जलसमा आफ्नो प्रोजेक्टको सुटिङ गरिरहेको बेला उनको नाकमा चोट लागेको थियो। चिकित्सकले उनको स्वास्थ्य अवस्था चिन्तामुक्त रहेको र ठूलो समस्या नभएको बताएका छन्।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्