Ad imageAd image

मलेसियामा नदीले एकै परिवारका १० जनालाई बगाउँदा सात जनाको मृत्यु

खबर खुराक
खबर खुराक १९ असार २०८०, मंगलवार
1 Min Read
Aa

१९ असार, मलेसिया । मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन्। पौडी खेलेको स्थानबाट २५ किलोमिटरमुनि सात जनाको शव भेटिएका एक जना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।

गत शुक्रबार पूर्वीराज्य तेरेङ्गगानुको चुकाई जिल्लाको जङ्गलमा रहेको जेराम मावारमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा चारदेखि ४० वर्षको उमेर समूहका मानिसले ज्यान गुमाएका छन्। स्थानीय प्रहरी प्रमुख हान्यान रामलानका अनुसार नदीले बगाएर ज्यान गुमाएका नौ जना एकै परिवारका सदस्य र एक जना विवाहका निम्ति निर्धारण गरिएकी कन्या थिइन्।

 तीन मिटरसम्म पानीको बहाव बढेपछि पौडीमा रमाइरहेका उनीहरूलाई भेलले बगाएको थियो। उनीहरूले पानीको बहाव अचानक बढ्ने कल्पना पनि गरेका थिएनन्।

 ‘ट्र्याकर’ कुकुरको सहयोगमा विभिन्न निकायका दुई सय १० जना अधिकारीको अगुवाइमा बाँकी तीनजना पीडितको खोजी भइरहेको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्