Ad imageAd image

नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

खबर खुराक
खबर खुराक १९ असार २०८०, मंगलवार
1 Min Read
Aa

१९ असार, काठमाडौं ।  नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। आईसीसी विश्वकप छनौटअन्तर्गत सातौं स्थानको लागि भएको खेलमा नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २६८ रन बनाएको हो।

नेपालका लागि गुल्सन झाले अविजित ५७ रन बनाए। त्यस्तै अर्जुन साउद अर्धशतक बनाउन दुई रनबाट चुके भने कुशल मल्ल ६ रनबाट चुके।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल ८ रन बनाएर पेभेलियन फर्किएका थिए। त्यस्तै ज्ञानेन्द्र मल्ल ७, कप्तान रोहित पौडेल २९, भीम सार्की २०, सन्दीप लामिछाने ३२, करण केसी ४ रनबाट आउट भए।

युएईविरुद्ध राम्रो पारी खेलेका दीपेन्द्र सिंह ऐरी शून्यमा आउट भए भने किशोर महतो १ रनमा अविजित रहे।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्