Ad imageAd image

निरन्तरको वर्षाका कारण पाँचथरमा फेरि बाढी, मेची राजमार्ग अवरुद्ध

खबर खुराक
खबर खुराक १९ असार २०८०, मंगलवार
1 Min Read
Aa

१९ असार, पाँचथर । निरन्तरको वर्षाका कारण खोला नालामा बाढी आएपछि मेची राजमार्ग र तमोर कोरिडोरसहित विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। सोमबार राति परेको वर्षाका कारण हेवा र तमोर खोलामा बाढी आउँदा मेची राजमार्ग अन्तरगत फिदिम ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध भएको हो।

यस्तै तमोर कोरिडोर अन्तरगत नावा खोलामा आएको बाढीका कारण एउटा टिपर खोला भित्रै फसिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। धनकुटा र पाँचथरलाई जोड्ने उक्त खोलाको बाढीका कारण तमोर कोरिडोर भएर पाँचथर चल्ने यातायातका साधन ठप्प भएका छन्।

जिल्लाका सहायक सडकमा पनि बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्