Ad imageAd image

हुम्लामा बाढीले गाडी गुड्ने काठेपुल बगाएपछि लिमीको तील गाउँ जाने सडक अबरुद्ध

खबर खुराक
खबर खुराक २० असार २०८०, बुधबार
1 Min Read
Aa

२० असार, हुम्ला । नाम्खा गाउँपालिका–६ को हिमलपारीको गाउँ लिमीमा बाढीले गाडी गुड्ने काठेपुल बगाएको छ । लगातारको वर्षासँगै आएको ढुङ्गासहितको बाढीले सो पुल बगाएको हो । बाढीले काठेपुल बगाएपछि लिमीको तील गाउँ जाने सडक अबरुद्ध भएको छ ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमीका तीन गाउँमध्य हल्जी र तील गाउँ जोड्ने यातायातका साधन सञ्चालन हुँदै आएको काठेपुल बाढीले बगाएको बताउनुभयो । दुई गाउँ हल्जी र तीललाई सडक सञ्जाल जोड्नका लागि तिलचुङ खोलाको लिमी कर्णाली नदीमा आएको बाढीले काठेपुल बगाएर लगेको हो ।

उक्त काठेपुल गतवर्ष निर्माण भएको हो । सो पुल निर्माण गर्न ४२ लाख रुपियाँ लागेको थियो । सो पुल बाढीले बगाएपछि लिमीको तील गाउँमा यातायातका साधन सञ्चालन हुने कार्य बन्द भएको छ ।

उहाँले काठेपुल बाढीले बगाएर लगेपछि यातायातका साधनका साथै दुई गाउँ र हिल्सा हुँदै ताक्लाकोट जाने स्थानीयलाई समेत समस्या देखिएको बताउनुभयो । हल्जी र जाङ गाउँबाट तील र हिल्सातर्फ जाने अन्य विकल्प समेत छैन ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्