२० असार, पाँचथर । तमोर कोरिडोर सडकअन्तर्गत पाँचथर र धनकुटाको सीमा हुँदै बग्ने नावा खोलामा बाढी आएपछि जोखिम मोलेर यातायात सञ्चालन हुँदै आएको छ ।
अहिले सडक र पुलमा क्षति पुगेपछि सामान बोकेरै खोला तार्ने गर्नुभएको छ । सामान ढुवानी गर्दा नै बढी लागत लाग्ने हुँदा सामानको भाउ बढेको बताइएको छ ।
गतवर्ष वर्षाका कारण ठूलो क्षति पुगेको र आसपासका पालिकामा पुनःस्थापनाको काम अघि बढ्न थालेको थियो । असारयता निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ । अस्थायीरूपमा बनाइएका सडक र पुलमा समेत क्षति पुग्दा स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ ।
प्रतिक्रिया दिनुहोस्