२१ असार रुपन्देही। नेकपा एमाले रुपन्देही जिल्ला कमिटीद्वारा बुधबार आयोजित स्ववियु निवार्चनमा अनेरास्ववियुको तर्फबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा कार्यक्रममा रुपन्देही जिल्लाबाट स्वतन्त्र बिद्यार्थी युनियन स्ववियुमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु गरी १०० जनालाई सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा सहभागी नेकपा एमालेका पोलिलब्यूरो सदस्य खिमलाल भट्टराईले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनबाट विजयी स्ववियूले क्याम्पसको शैक्षिक र भौतिक सुधारका साथै विद्यार्थीहरुको अधिकारलाई स्थापित गर्न लाग्नुपर्नेमा जोड दिने कुरा बताए ।
कार्यक्रममा नेकपा एमाले रुपन्देहि जिल्ला अध्यक्ष तेजेन्द्र केसी, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तथा बिद्यार्थी इन्चार्ज यम पाण्डे, अनेरास्वववियुका स्थायी कमिटी सदस्य लेखनाथ खनाल लगायतले अनेरास्ववियुबाट जितेकाहरुले रचनात्मक काम गरेर देखाउनुपर्ने उनले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्