२१ असार, सल्यान । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको यात्रुबहाक बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तुलसीपुरबाट छुटेको रा १ ख ८३४ नम्बरको बस बिहीबार सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै जाँदा उक्त घटना घटेको हो ।
बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकमुनिबाट बस पार हुँदा बसमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
घटनामा रोल्पाको दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगीको मृत्यु भएको सल्यानका सीडिओ वेदप्रसाद खरेलले जानकारी दिए । उनीहरु दुवै जना बाबु र छोरा हुन् । बसमा २० देखि २५ जना सवार भएको जनाइएको छ । यद्यपि यसबारे एकीन जानकारी आउन बाँकी छ ।
उक्त घटनाकै कारण यतिबेला बाटोमा यातायात अवरुद्ध भएको छ । प्रहरीले बाटो खुलाउने काम गरिररहेको छ ।
प्रतिक्रिया दिनुहोस्