Ad imageAd image

एसईईमा लुम्बिनी प्रदेशबाट २ हजार ७९५ जनाले ल्याए ए प्लस

खबर खुराक
खबर खुराक २१ असार २०८०, बिहीबार
2 Min Read
Aa

२१ असार, बुटवल । एसईईको परीक्षामा लुम्बिनी प्रदेशबाट २ हजार ७९५ जनाले ३.६० देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ६ हजार ८१३ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या १० हजार २०१, २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या १३ हजार ३३२, २ देखि २.४ जीपीए ल्याउनेको संख्या १७ हजार ९७ जना रहेका छन् ।

सबैभन्दा धेरै १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १८ हजार ९६० रहेको छ । यस्तै १.२० देखि १.६० जीपीए ल्याउने १० हजार ५७३ र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या ७१९रहेको छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईमा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन् ।

नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी थिए । एसइईमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीबाट १८ हजार सात सय ८३ तथा सबैभन्दा कम पूर्वी रुकुमबाट एक हजार ९८ परीक्षार्थी सहभागी थिए।

यस्तै दाङबाट १३ हजार चार सय ४८, बाँकेबाट आठ हजार आठ सय ८६, कपिलवस्तुबाट आठ हजार छ सय ९९, बर्दियाबाट सात हजार छ सय ८२, पश्चिम नवलपरासीबाट छ हजार ६२, पाल्पाबाट चार हजार पाँच सय ४६, गुल्मीबाट चार हजार सात सय २२, अर्घाखाँचीबाट तीन हजार दुई सय ७५, रोल्पाबाट चार हजार ५१ र प्यूठानबाट चार हजार एक सय ७२ परीक्षार्थी सहभागी भएका थिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्