Ad imageAd image

कक्षा ११ मा महानगरभित्र पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन दिन काठमाडौं महानगरको आग्रह

खबर खुराक
खबर खुराक २२ असार २०८०, शुक्रबार
2 Min Read
Aa

२२ असार, काठमाडौँ । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा महानगरभित्र पढ्न चाहने विद्यार्थीलाई योग्यताक्रमका आधारमा कोटा निर्धारण गरी छात्रवृत्ति उपलब्ध गराउनका लागि आवेदन दिन आह्वान गरेको छ ।

महानगर प्रमुख बालेन शाहले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण भएर कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीलाई महानगरपालिकाभित्र पढ्न चाहने सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई यो सूचना जारी गरिएको बताएका छन् ।

‘राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको नतिजा हिजो प्रकाशन भइसकेको छ । उक्त परीक्षामा पास भएर कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई काठमाडौं महानगरपालिकाभित्र पढ्न चाहने सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिबलगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई यो सूचना जारी गरिएको छ‚’ उनले लेखेका छन् ।

‘काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५’ तथा ‘शिक्षा नियमावली, २०७४’ मा व्यवस्था भएबमोजिम काठमाडौं महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिका लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०-०८१ देखि काठमाडौं महानगरपालिकाले आफैँ नै सञ्चालन गर्न लागेको उनले बताए ।

- Advertisement -
Ad image

आवेदनका लागि महानगरपालिकाअन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९/०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या असार मसान्तभित्र पठाउन सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्