Ad imageAd image

बुटवलको शिवशिखर सहकारीको डिपार्टमेन्टल स्टोर खाली गराइँदै

खबर खुराक
खबर खुराक २२ असार २०८०, शुक्रबार
1 Min Read
Aa

२२ असार, बुटवल । शिवशिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको कार्यालय, सोही भवनमा रहेको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर र खाद्यान्नको डिलर खाली गराउन लागिएको छ । शिवशिखर सहकारीले लाखौ जनताको १४ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको आरोपमा सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मासहित सञ्चालकहरु पक्राउ परिसकेका छन् ।

बुटवल उपमहानगरपालिका–१० स्थित योगीकुटीमा रहेको डिपार्टमेन्टल स्टोर घरधनी इश्वर मल्लले प्रक्रिया पुर्याएर खाली गराउन आग्रह गरेका थिए। तर, खाली नगराएपछि प्रहरी, सहकारीका कर्मचारी, जनप्रतिनिधि र पत्रकारको रोहवरमा डिपार्टमेन्टल स्टोर अहिले खाली गराउन लागिएको घर धनी मल्लले बताए ।

२०६९ साल असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिव शिखर ०७८ साउनमा बुटवल आएको थियो ।शिवशिखरले सहकारीसँगै ‘गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर्स’ पनि संचालन गरेको थियो । त्यहाँबाट देशका विभिन्न ठाउँमा व्यावसायिक कारोबार सञ्चालन गर्दै आएको थियो । तर तीन महिनादेखि सहकारीको काउन्टरसँगै डिपार्टमेन्टल स्टोर्स भएको छ।

१५/१६ जना वचतकर्ताले वचत रकम फिर्ता नभएको भनेर निवेदन दिएका भए पनि शिवशिखर सहकारीको बुटवल शाखामा कति बचतकर्ता थिए भन्ने यकिन तथ्यांक आफूहरुसँग नभएको बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले बताए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्