Ad imageAd image

२०८४ को निर्वाचन रास्वपाको अर्जुनदृष्टिमा : रवि लामिछाने

खबर खुराक
खबर खुराक २३ असार २०८०, शनिबार
1 Min Read
Aa

२३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आगामी २०८४ सालको निर्वाचन अर्जुनदृष्टिमा रहेको उल्लेख गरेका छन् । जनताका मुद्दालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको दाबी गर्दै उनले आफ्नो पार्टी कसैकोपछि नलाग्ने र८४ को चुनावमा एक्लै लड्ने बताए ।

बताए। ‘आगामी निर्वाचन हाम्रो पार्टीको अर्जुनदृष्टिमा रहेको छ। अहिले हामी संसद्मा दह्रो र खरो भएर उभिएका छौं,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने उल्लेख गर्दै उनले आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरे। ‘रास्वपा दह्रो खुट्टा बनाएर अघि बढेको छ, भष्ट्राचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौं,’ पूर्वगृहमन्त्री समेत रहेका उनले भने।

साथै लामिछानेले जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरु सधैं तयार रहेको बताए। उनले भने, ‘नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौं, जनताको आदेशअनुसार काम गर्छौं।’

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्