Ad imageAd image

बुटवलको तिनाउ पुल नजिकै विहान एक युवा मृत फेला

खबर खुराक
खबर खुराक २४ असार २०८०, आईतवार
0 Min Read
Aa

२४ असार, बुटवल । बुटवलको तिनाउ पुल नजिकै आइतबार विहान एक युवा मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन् ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । घटना बारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्