Ad imageAd image

दोलखाको प्रख्यात प्राचीन एवं आकर्षक धर्म धातु बौद्ध स्तुपा (तस्बिरहरु)

खबर खुराक
खबर खुराक २४ असार २०८०, आईतवार
2 Min Read
Aa

२४ असार, दोलखा । दोलखाको प्रख्यात भीमेश्वर स्थानबाट  ओर्लेर पश्चिमतिर लागेपछि लिस्तिटोलमा अवस्थित प्राचीन एवं आकर्षक धर्म धातु बौद्ध स्तुपा छ। यसलाई सेंग चैत्य वा सिंगोस्थान पनि भनिने गरिएको छ ।

यस धर्म धातु दोलखाका प्रसिद्ध शासक जयनारायणदेवले ने.स. ६६९ (वि.स. १६०६) मा निर्माण गर्न लगाएका थिए। यो चैत्यमा छत्राकार सुनको गजुर रहेको थियो। यस चैत्यमा राजपरिवार तथा भारदारहरूले चढाएका नौ वटा चक्र वली लहरै रहेका छन्। अक्षोभ्य आदी विभिन्न मुद्राका बुद्धमूर्तिहरु चारै दिशामा रहेका छन्। उत्तर तर्फको बुद्ध मूर्तिमा सप्तफणावलि पनि दर्साइएको छ। भीमेश्वर स्थानपछि दोलखाको आकर्षक देव मन्दिर मध्ये एक यो धर्म धातु चैत्य पनि हो।

यही बौद्ध चैत्यसँग विहारेछेंटोल भन्ने छ। यसबाट यो प्रस्ट हुन्छ कि यस भेकमा बौद्ध बिहार पनि थियो भन्ने देखिन्छ भनेर दोलखाका संस्कृतविद् शान्त कृष्ण श्रेष्ठ भन्नुहुन्छ।

त्यति बेला यो स्थान दोलखाको प्रसिद्ध बजार मध्ये एक थियो। त्यो समयमा यहाँ हाटबजार लाग्ने गर्दथ्यो र यहाँबाट उठेको रकमबाट बौद्ध चैत्यको मर्मत सम्भार गर्ने गरिन्थ्यो।  दोलखावासीहरू भिमेश्वरस्थानको दर्शन गर्न जाँदा यो चैत्यको परिक्रमा गर्दै भीमसेन मन्दिर पुग्ने  गर्दथे । तत्कालीन भीमेश्वर सामुदायिक विकास संस्थाको अध्यक्ष समेत रहनु भएको श्रेष्ठका अनुसार चैत्य जीर्ण भएपछि पुनः निर्माण गरियो।

- Advertisement -
Ad image

यस चैत्यको अधिकांश ठाउँमा शिलालेख समेत रहेकोले प्राचीनतमको प्रमाण गर्दछ। यस चैत्यको चारैतिर माने रहेका छन् भने बत्ती बाल्नको लागि चैत्यको चारतिर पित्तलको दियो समेत बनाइएको छ। साथै यस चैत्यमा ९ वटा चर्तुसभूवन समेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्