Ad imageAd image

बैतडीमा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु, ४० जना घाइते

खबर खुराक
खबर खुराक २५ असार २०८०, सोमबार
1 Min Read
Aa

२५ असार, बैतडी ।  पञ्चेश्वरबाट महेन्द्रनगरका लागि छुटेको बस सोमबार बैतडीको मेलौलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको छ ।

सोमबार दिउँसो लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।

घाइतेको उद्धारका लागि बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहित प्रहरीको टोली घटनास्थल पुगेको छ ।  घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो ।  बसमा ४१ जना सवार थिए । घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको उहाँले बताउनुभयो ।

पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो । बस सडकबाट चार सय मिटर तल खसेर रुखमा अड्किएको छ । ओरालोमा बसको ब्रेक नलाग्दा बस अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्