२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो। उहाँको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर नेपाल सरकारको तर्फबाट उपपप्रधानमन्त्री पूर्णबहादुर खड्काले अन्तिम श्रद्धाञ्जलि दिनुभयो।
प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती दिनुभएको छ। प्रधानमन्त्रीको साथमा उहाँका छोरीहरु रेणु र गङ्गा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिनुभएको हो।
प्रतिक्रिया दिनुहोस्