Ad imageAd image

अर्थतन्त्र सकारात्मकता तर्फ अगाडि बढ्यो : अर्थमन्त्री महत

खबर खुराक
खबर खुराक २९ असार २०८०, शुक्रबार
2 Min Read
Aa

२९ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकता तर्फ अगाडि बढेको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडि बढेको बताउनुभएको हो । उहाँले मूल्यवृद्धि पनि विगतको भन्दा घटेको बताउनुभयो ।

अर्थमन्त्री महतले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गर्नुभयो ।

‘‘यसपालि करको दायरा फराकिलो पारेका छौँ । यसले गर्दा राजस्व बढ्छ भन्ने हामीलाई विश्वास छ । सबैतिरको यसमा सहयोग चाहिन्छ । अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ । मूल्यवृद्धि पनि घटेको छ । पछिल्लो समयभन्दा अहिले घटेको छ । सकारात्मकतातर्फ अर्थतन्त्र बढेको छ । ब्याजदर पनि अलिकता सहजता हुनेबित्तिकै थप चलायमान हुन्छ । यसले राजस्व वृद्धि हुने प्रशस्त आधार यसले दिन्छ ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘र हामी स्वास्थ्य क्षेत्रमा अझ ज्यादा स्वास्थ्य जोखिम शुल्क मात्रै होइन कि अरु धेरै विनियोजन गर्नुपर्ने आवश्यकता छ । त्यसतर्फ सरकार गम्भीरताका साथ लाग्छ । माननीयज्यूहरुले राखेको सुझावलाई हामी सहर्ष आत्मसात् गर्छौ । र आउने दिनमा स्वास्थ्य क्षेत्रमा अझ बढी कसरी विनियोजन गर्न सकिन्छ ? र गाउँ गाउँ दुर्गम क्षेत्रमा समेत न्यूनतम स्वास्थ्य उपचार र रोकथामको सुनिश्चिता गर्ने, बेसिक हेल्थ केयर सुनिश्चित गर्ने जुन राज्यको लक्ष्य छ, त्यो पूर्ति गर्नेतर्फ हामी क्रियाशील हुन्छौँ ।’’

- Advertisement -
Ad image

अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्