Ad imageAd image

एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध कुशल भुर्तेल दोस्रो बलमै आउट

खबर खुराक
खबर खुराक १ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

१ साउन, काठमाडौं । नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध दोस्रो बलमै विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल भारतीय युवा तीव्र गतिका बलर हर्षित रानाको पहिलो ओभरको दोस्रो बलमै शून्यमा एलबीडब्लू आउट भएका छन् ।

श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको टसमा नेपालले जितेर पहिला ब्याटिङ गर्दा पहिलो ओभरमा १ विकेट गुमाउँदा कुनैपनि रन जोडेको छैन । नेपालका आसिफ शेख र देव खनाल क्रिजमा छन् । नेपालले पाकिस्तानसँगको खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर किशोर महतो र देव खनाललाई आजको खेलमा मैदान उतारेको छ । नेपालले पाकिस्तानसँगको खेलबाट अर्जुन साउद र प्रतिश जि।सीलाई बेन्चमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्