Ad imageAd image

सरकारले देशभरका अस्पतालबाट तीन हजार ५२३ शय्या निःशुल्क उपलब्ध गराउने

खबर खुराक
खबर खुराक १ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

१ साउन, काठमाडौं । सरकारले देशभरका अस्पतालबाट तीन हजार ५२३ शय्या निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घअन्तर्गतका १६ अस्पतालबाट गरिब, विपन्न, बेवारिसे तथा असायहरुको उपचारका लागि तीन हजार ५२३ वटा शय्या निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

निःशुल्क शय्यामध्ये वीर अस्पतालले सात सय, कान्ति बाल अस्पतालले २४८, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ४५०, राष्ट्रिय ट्रमा सेन्टर १५०, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबाट ९०, ललितपुर मानसिक अस्पताल ४०, कोशी अस्पतालले ३३० शय्या निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैगरी, नारायणी अस्पताल २५५, गजेन्द्र नारायण अस्पताल एक सय, भक्तपुर अस्पतालले ४२०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तीन सय, भेरी अस्पतालले ५०, डडेल्धुरा अस्पतालले ३०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५० शय्या निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।

मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असाहयहरुको उपचारमा १० प्रतिशत शय्या निःशुल्क गर्नका लागि स्थानीय, प्रादेशिक र सङ्घीय स्तरका सामुदायिक तथा निजी अस्पतालहरूमा परिपत्र गरिसकेको छ  ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्