Ad imageAd image

पाँचथरमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

खबर खुराक
खबर खुराक ३ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

३ साउन, पाँचथर । पाँचथरको फिदिममा टेम्पो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् । ज्यान गुमाउनेमा फिदिम–६ का ५५ वर्षीया हरिमाया तुम्रोक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा परी घाइते हुनेमा फिदिम–६ का वसन्ती लिम्बू, शन्देस लिम्बू र फिदिम–७ का कुशल लिम्बू र चालक दीपक लिम्बू हुनुहुन्छ । दुर्घटनामा घाइते भएकी हरिमायालाई उपचारार्थ पाँचथर अस्पताल पुर्‍याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमूख कुलबहादुर बुडाथोकीले सिवाबाट फिदिमतर्फ आउँदै गरेको प्रदेश ०१००१स ८७०५ नम्वरको टेम्फो फिदिम नगरपालिका–१ समर्पित अस्पताल नजिकै दुर्घटनामा परेको बताउनुभयो ।

गम्भीर घाइते तुम्रोकको पाँचथर अस्पताल तथा बाँकी चार जनाको समर्पित अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्