Ad imageAd image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन जोख्न राष्ट्र बैङ्क लगिँदै

खबर खुराक
खबर खुराक ४ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार बरामद सुर झन्डै एक सय किलोको भएको अनुमान गरिए पनि यकिन परिणाम भने आज मात्र थाहा हुने छ । उहाँका अनुसार अहिले बरामद भएको सुनको तौल जोख्न  राष्ट्र बैङ्क लाने तयारी भइरहेको छ ।

उहाँले भन्नुभयो, हिजो बरामद भएको सुन झन्डै सय किलोको अनुमान गरिए पनि यकिन परिणाम भने आज मात्र थाहा हुन्छ । अहिले बरामद सुन जोख्नको लागि  नेपाल राष्ट्र बैङ्क लाने तयारी छ । सुन ओसारपसारमा संलग्न रहेको अभियोगमा अहिलेसम्म छ जना पक्राउ परेको उहाँले बताउनुभयो ।

विमानस्थल भन्सार जाँच पास भएर आएको सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला हिजो बरामद गरिएको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्