Ad imageAd image

विमानस्थलमा बरामद सुन नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा जोखिदैँ

खबर खुराक
खबर खुराक ४ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार  महाशाखामा जोख्न पुर्‍याइएको छ ।

राजस्व अनुसन्धान विभागले बुधबार राति सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो सुन जोख्न पुलचोकस्थित राजश्व अनुसन्धान विभागबाट आठ वटा बाकसमा बबरमहल ल्याइएको हो ।

मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको थियो ।

सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् ।

- Advertisement -
Ad image

यसैगरी, उक्त सुन जाँचपास भएको सम्बन्धमा छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेको छ ।

साथै सुन बाहिर ल्याउन प्रयोग गरिएको ट्याक्सी र त्यसका चालकलगायतलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्